२९ माघ २०८२, बिहिबार | February 12, 2026

१० बजेसम्म सिमरा घटनाका दोषी पक्राउ नभए देशव्यापी आन्दोलन गर्ने सुदन गुरुङको चेतावनी



काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सिमरा घटनापछि जेनजी जिल्ला संयोजक सम्राट उपाध्यायमाथि हात उठाउने व्यक्तिलाई तत्काल कारबाही गर्न सरकारलाई चेतावनी दिएका छन् । उनले शुक्रवार बिहान १० बजेसम्ममा अभियुक्त पक्राउ नगरे देशव्यापी विरोध कार्यक्रम सुरु गर्ने घोषणा गरेका छन् ।

गुरुङले बिहीबार मध्यरात फेसबुकमा स्टाटस गर्दै भनेका छन्, “हाम्रो शान्तिपूर्ण प्रदर्शनमा आएर सिमराका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेसम्म पक्राउ गरिएन भने देशव्यापी विरोध सुरु गरिनेछ ।”

उनले सरकार र गृहमन्त्रीलाई लक्षित गर्दै आफ्नो ‘मौनतालाई कमजोरी नठान्न’ आग्रह गरेका छन् । गुरुङका अनुसार अब युवाहरू र देशभक्त नागरिकहरूको शक्तिले सडकबाट प्रतिक्रिया दिने वातावरण बनेको छ ।

सिमरामा भएको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा सम्राट उपाध्यायमाथि कुटपिट भएको घटनापछि संगठनभित्र आक्रोश बढेको छ । गुरुङले दोषीलाई कारबाही नगरे आन्दोलन थप उग्र हुने संकेत दिएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ४३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी