२१ चैत्र २०८२, शनिबार | April 4, 2026

चितवन राइनोजका रिजन ढकाललाई चेतावनी र डिमेरिट अंक



काठमाडौं । चितवन राइनोजका खेलाडी रिजन ढकाल खेल भावनाविपरीत व्यवहार प्रदर्शित गरेपछि कारबाहीमा परेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सविरुद्धको खेलमा एलबीडब्लूको अपिलसम्बन्धी अम्पायरको निर्णयप्रति स्पष्ट असहमति जनाएपछि म्याच रेफ्रीले उनलाई कारबाही गरेका हुन् ।

म्याच रेफ्रीका अनुसार ढकालले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनलाई चेतावनी दिइएको छ र एक डिमेरिट अंक थपिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न सो खेलमा चितवन राइनोजलाई लुम्बिनी लायन्सले ६ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लुम्बिनीले पहिलो खेलमै जित दर्ता गरेको हो भने चितवनका लागि यो पहिलो हार हो ।

यसअघि चितवनले उद्घाटन खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : ०८ बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू