काठमाडौं । चितवन राइनोजका खेलाडी रिजन ढकाल खेल भावनाविपरीत व्यवहार प्रदर्शित गरेपछि कारबाहीमा परेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सविरुद्धको खेलमा एलबीडब्लूको अपिलसम्बन्धी अम्पायरको निर्णयप्रति स्पष्ट असहमति जनाएपछि म्याच रेफ्रीले उनलाई कारबाही गरेका हुन् ।
म्याच रेफ्रीका अनुसार ढकालले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनलाई चेतावनी दिइएको छ र एक डिमेरिट अंक थपिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न सो खेलमा चितवन राइनोजलाई लुम्बिनी लायन्सले ६ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लुम्बिनीले पहिलो खेलमै जित दर्ता गरेको हो भने चितवनका लागि यो पहिलो हार हो ।
यसअघि चितवनले उद्घाटन खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो ।


















प्रतिक्रिया