२० मंसिर २०८२, शनिबार | December 7, 2025

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न



तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकामा सञ्चालित एक सय ७९ योजना सम्पन्न गरेको हो ।

त्यस अवधिमा १० लाखसम्मका १६, १० लाखदेखि २० लाखसम्मका ५३, २० लाखदेखि दुई करोडसम्मका ९६, दुई करोडदेखि पाँच करोडसम्मका दश र पाँच करोडमाथिका चार योजना सम्पन्न भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार शुक्लागण्डकी नगरपालिकामा ३४, म्याग्दे गाउँपालिकामा १२, भिमाद नगरपालिकामा २६, ऋषिङ गाउँपालिकामा तीन, व्यास नगरपालिकामा ३८, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १२, भानु नगरपालिकामा ३०, देवघाट गाउँपालिकामा पाँच र घिरिङ गाउँपालिकामा छ योजना सम्पन्न भएका छन् ।

कार्यालय मातहत ‘एक निर्वाचन क्षेत्र : एक सडक’ अन्तर्गत चार निर्वाचन क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छन् । तिवारीका अनुसार भानु चन्द्रावती सडक, दुलेगौडा हर्कपुर सडक, आँबु भाँगे छिम्केश्वरी सडक, आँबु भाँग छिम्केश्वरी सडक दोस्रो खण्ड निर्माणाधीन छ ।

प्रादेशिक सडक ‘ख’ वर्गअन्तर्गत शालिग्राम दुई, ढोरवाराही सडक, बुद्धसिंह मार्ग निर्माणाधीन अवस्थामा रहेको तिवारीले उल्लेख गरे । प्रादेशिक सडक ‘ख’ वर्गअन्तर्गत सिन्धु मार्ग, कृष्ण मार्ग, श्रृङ्ग पथ, सहिद लालध्वज मार्ग, दमौली केशवटार सुखौरा बन्दीपुर सडक निर्माणाधीन अवस्थामा रहेको छ ।

यसैगरी अन्य सडक निर्माण कार्यक्रमअन्तर्गत एक सय २९ मध्ये ५३, सडक पुल निर्माण तथा सम्भार कार्यक्रमअन्तर्गत १५ मध्ये दश, झोलुङ्गेपुल निर्माण तथा सम्भार अन्तर्गत पाँचमध्ये तीन निर्माणाधीन अवस्थामा छ ।

कार्यालयले सो अवधिमा केही योजना समय अगावै निर्माण सम्पन्न गरेको छ । व्यास नगरपालिका-५ रानीटारी हुँदै म्याग्दे गाउँपालिका-४ घुम्ती जोड्ने रानीटारी घुम्ती सडक समय अगावै सम्पन्न गरेको छ । नौ किलोमिटर उक्त सडक ३६ करोड ६२ लाख ९१ हजार ५४ को लागतमा २०८१ साल फागुन ९ गतेसम्म सम्पन्न भएको छ ।

यस्तै मानपुर डेढगाउँ बुलिङटार सडकमा २६ करोड एक लाख ५७ हजार नौ सय २३ को लागतमा २०८१ साल पुस ६ गते कालोपत्र सम्पन्न भएको छ ।

शालिग्राम कोरिडोर अन्तर्गत दोस्रो खण्डमा १७ करोड ६९ लाख ३३ हजार तीन सय एकको लागतमा २०८१ साल मङ्सिर ३० गते कालोपत्र सम्पन्न भएको तिवारीले जानकारी दिए ।

सडकपुलतर्फ भिमाद नगरपालिका-८ र शुक्लागण्डकी नगरपालिका-१० जोड्ने क्याङ्दी खोलामा पाँच करोड ५७ लाख ९२ हजार आठ सय ६६ को लागतमा २०८२ जेठ २० गते पुल निर्माण सम्पन्न भएको छ ।

यस्तै भिमाद नगरपालिका-१ डुम्रीवेशीमा सात करोड ५३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पुल निर्माण सम्पन्न भएको छ । चुँदीखोलामा दश करोड दश लाख ९१ हजार नौ सय ६६ को लागतमा पुल निर्माण सम्पन्न भएको तिवारीले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ३८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल