२८ माघ २०८२, बुधबार | February 12, 2026

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न



तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकामा सञ्चालित एक सय ७९ योजना सम्पन्न गरेको हो ।

त्यस अवधिमा १० लाखसम्मका १६, १० लाखदेखि २० लाखसम्मका ५३, २० लाखदेखि दुई करोडसम्मका ९६, दुई करोडदेखि पाँच करोडसम्मका दश र पाँच करोडमाथिका चार योजना सम्पन्न भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार शुक्लागण्डकी नगरपालिकामा ३४, म्याग्दे गाउँपालिकामा १२, भिमाद नगरपालिकामा २६, ऋषिङ गाउँपालिकामा तीन, व्यास नगरपालिकामा ३८, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १२, भानु नगरपालिकामा ३०, देवघाट गाउँपालिकामा पाँच र घिरिङ गाउँपालिकामा छ योजना सम्पन्न भएका छन् ।

कार्यालय मातहत ‘एक निर्वाचन क्षेत्र : एक सडक’ अन्तर्गत चार निर्वाचन क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छन् । तिवारीका अनुसार भानु चन्द्रावती सडक, दुलेगौडा हर्कपुर सडक, आँबु भाँगे छिम्केश्वरी सडक, आँबु भाँग छिम्केश्वरी सडक दोस्रो खण्ड निर्माणाधीन छ ।

प्रादेशिक सडक ‘ख’ वर्गअन्तर्गत शालिग्राम दुई, ढोरवाराही सडक, बुद्धसिंह मार्ग निर्माणाधीन अवस्थामा रहेको तिवारीले उल्लेख गरे । प्रादेशिक सडक ‘ख’ वर्गअन्तर्गत सिन्धु मार्ग, कृष्ण मार्ग, श्रृङ्ग पथ, सहिद लालध्वज मार्ग, दमौली केशवटार सुखौरा बन्दीपुर सडक निर्माणाधीन अवस्थामा रहेको छ ।

यसैगरी अन्य सडक निर्माण कार्यक्रमअन्तर्गत एक सय २९ मध्ये ५३, सडक पुल निर्माण तथा सम्भार कार्यक्रमअन्तर्गत १५ मध्ये दश, झोलुङ्गेपुल निर्माण तथा सम्भार अन्तर्गत पाँचमध्ये तीन निर्माणाधीन अवस्थामा छ ।

कार्यालयले सो अवधिमा केही योजना समय अगावै निर्माण सम्पन्न गरेको छ । व्यास नगरपालिका-५ रानीटारी हुँदै म्याग्दे गाउँपालिका-४ घुम्ती जोड्ने रानीटारी घुम्ती सडक समय अगावै सम्पन्न गरेको छ । नौ किलोमिटर उक्त सडक ३६ करोड ६२ लाख ९१ हजार ५४ को लागतमा २०८१ साल फागुन ९ गतेसम्म सम्पन्न भएको छ ।

यस्तै मानपुर डेढगाउँ बुलिङटार सडकमा २६ करोड एक लाख ५७ हजार नौ सय २३ को लागतमा २०८१ साल पुस ६ गते कालोपत्र सम्पन्न भएको छ ।

शालिग्राम कोरिडोर अन्तर्गत दोस्रो खण्डमा १७ करोड ६९ लाख ३३ हजार तीन सय एकको लागतमा २०८१ साल मङ्सिर ३० गते कालोपत्र सम्पन्न भएको तिवारीले जानकारी दिए ।

सडकपुलतर्फ भिमाद नगरपालिका-८ र शुक्लागण्डकी नगरपालिका-१० जोड्ने क्याङ्दी खोलामा पाँच करोड ५७ लाख ९२ हजार आठ सय ६६ को लागतमा २०८२ जेठ २० गते पुल निर्माण सम्पन्न भएको छ ।

यस्तै भिमाद नगरपालिका-१ डुम्रीवेशीमा सात करोड ५३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पुल निर्माण सम्पन्न भएको छ । चुँदीखोलामा दश करोड दश लाख ९१ हजार नौ सय ६६ को लागतमा पुल निर्माण सम्पन्न भएको तिवारीले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ३८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी