२० मंसिर २०८२, शनिबार | December 7, 2025

पटक-पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकको तयारीबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पूर्वनिर्धारित बैठक स्थगित हुँदै आजका लागि सारिएको बताए ।

यसअघि पटक-पटक स्थगित हुँदै मंसिर ४ गते बोलाइएको बैठक पनि अन्ततः सारिएर आज बस्न लागेको हो । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरू सहभागी हुनेछन् ।

गत असोज २८ गतेदेखि निरन्तर चल्दै आएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने विषय मुख्य रूपमा विवादास्पद बनेको छ । महासचिवद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअघि-पुसभित्रै-महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा छन् । तर सभापति शेरबहादुर देउवा निकट समूह भने प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

यदि नियमित महाधिवेशन समयमै गर्न नसकिने स्थिति बनेमा करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको भावना अनुसार विशेष महाधिवेशन गर्नुपर्ने धारणा महासचिवद्वयले अघि सार्दै आएका छन् ।

कात्तिक २७ गते केन्द्रीय सदस्यहरूको औपचारिक वक्तव्य क्रम सकिए पनि सहमतिको प्रयासस्वरूप अनौपचारिक छलफल चलिरहेको भन्दै बैठक पटक-पटक स्थगित हुँदै आएको हो । आजको बैठकले महाधिवेशनका विषयमा केही निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ४८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल