१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

महेन्द्र पुस्तकालयमा पुनः बलरामको नेतृत्व, पुस्तकालयलाई ‘इ–लाइब्रेरी’ बनाइने



नेपालगन्ज । यहाँस्थित महेन्द्र पुस्तकालय ‘इ–लाइब्रेरी’का रुपमा रुपान्तरण हुने भएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवले निकट भविष्यमा पुस्तकालय सञ्चालन हुने बताएका हुन् ।

अध्यक्ष यादवले प्रदेश तथा सङ्घीय सरकारसँग कम्प्युटर उपलब्ध गराउन माग पनि गरे । हाल पुस्तकालयमा तीन वटा कम्प्युटर छन् । इ–लाइब्रेरी सञ्चालनका लागि रु छ लाख आवश्यक भएको बताए ।

यसैबीच, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री आदेशकुमार अग्रवालले आगामी वर्षदेखि पुस्तकालयलाई अनुदान उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि पुस्तकालयलाई नियमित रूपमा सहयोग गरिने बताएका छन् ।

शुक्रबार भएको पुस्तकालयको १८औँ अधिवेशनले यादवलाई पुनःअध्यक्ष चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा पङ्कज श्रेष्ठ र कोषाध्यक्ष अजयकुमार टण्डन पनि पुनः निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १२ : ५२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा