१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सुदन गुरुङ बिना अनुमति आफ्नो घरमा प्रवेश गरेर कर्मचारी कामदारलाई धम्क्याए : किसान श्रेष्ठ



काठमाडौं । नेकपा (एमाले)का नेता तथा बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आफ्नो घरमा जेनजीका ‘स्वघोषित’ अगुवा सुदन गुरुङले अनधिकृत प्रवेश गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।

पार्टी कामको क्रममा काठमाडौं रहेको बेला मंसिर ६ गते सिमरा-जितपुर उपमहानगरपालिका–४ औराहास्थित आफ्नो निजी घरमा सुदन गुरुङ नामक व्यक्तिले ‘जेन जीको नेता’ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा प्रवेश गरेको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा गुरुङले २४ गते आगजनीपछि पुनर्निर्माण भइरहेको घरमा कार्यरत कर्मचारी तथा कामदारलाई धम्क्याउँदै “फेरि जलाउँछु” भन्ने धम्की दिएको र “तेरो नेता केही पनि हुन सक्छ” भन्दै भय सिर्जना गरेको आरोप लगाइएको छ।

गुरुङ श्रेष्ठको घरमा गएको बारे कुनै पूर्व जानकारी नभएको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराले स्पष्ट पारेका छन् । कानूनअनुसार कुनै पनि व्यक्तिले अरूको निजी घर वा सम्पत्तिमा प्रवेश गर्न पूर्वस्वीकृति आवश्यक हुन्छ। गुरुङको क्रियाकलाप पूर्ण रूपमा गैरकानुनी भएको श्रेष्ठको भनाइ छ।

श्रेष्ठले जेनजी नाम प्रयोग गर्दै फैलाइएको “आतंक” तत्काल रोक्न र शान्ति-सुरक्षाको प्रत्याभूति प्रदान गर्न नेपाल सरकार तथा स्थानीय सरकारसँग अनुरोधसमेत गरेका छन्।

श्रेष्ठले मंसिर ३ र ४ गते सिमरामा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन् ।

बुधबार एमाले र जेनजी युवाका बीचमा भएको झडपपछि अशान्त बनेको सिमरा क्षेत्र विस्तारै शान्त बन्दै गैरहेको अवस्थामा यो घटनाले थप भय सिर्जना हुनसक्ने भन्दै स्थानीय सर्वसाधरण भने चिन्तित बनेका छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ३२ बजे

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल