२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एनपीएलमा आज ब्रेक : सोमबार जनकपुर-विराटनगर र कर्णाली-सुदूरपश्चिम खेल्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आइतबार कुनै खेल छैन । भने सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन् । पहिलो खेल सोमबार बिहान ११:४५ बजे सुरु हुनेछ, जहाँ जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्नेछन् । दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । अहिलेसम्म दुई-दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स चार-चार अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलेको काठमाण्डु गुर्खाज दुई अंकसहित तेस्रो स्थानमा रहेको छ ।

लुम्बिनी, चितवन र कर्णालीले दुई-दुई अंक जोडिरहेका छन् भने जनकपुर र पोखरा अहिले पनि अंकविहीन छन् । जनकपुरले एक मात्र खेल खेलेको छ भने पोखरा लगातार दुई खेल हारिसकेको छ । दोस्रो सिजनको एनपीएल मङ्सिर १ गतेदेखि सुरु भएको हो र मङ्सिर २७ गतेसम्म जारी रहनेछ । हरेक दिन दिउँसो र राति गरी कीर्तिपुरमै खेलहरू आयोजना भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ ।

लिग चरण, तीन प्लेअफ खेल र फाइनल गरी प्रतियोगितामा जम्मा ३२ खेल हुनेछन् । शनिबारका खेलका लागि साधारण टिकट ५०० र प्रिमियम टिकट १५०० रुपैयाँ तोकिएको छ । अन्य दिन लिग चरणका खेलका लागि टिकट मूल्य ५०० र १००० रुपैयाँ रहेको छ ।

प्लेअफका खेलमा भने जनरल टिकट १००० र प्रिमियम टिकट २००० रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : ५२ बजे

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय