२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

बढ्यो अन्डाको मूल्य



काठमाडौं । कुखुरापालक संघले अन्डाको बजार मूल्य बृद्दि गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको बजार मूल्य बुद्दि गरेको हो ।

नयाँ मूल्य अनुसार ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको छ । अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ रुपैयाँ भाउ बढाइएको संघ सचिव मदन पोखरेलले जानकारी दिए । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।

यसअघि संघले ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ५० र मध्यम अन्डाको ४ सय ३५ रुपैयाँ तोककेो थियो । अन्डाको हालको बजार मूल्यले किसानको उत्पादन लागत मात्र उठाउन सक्ने अवस्थामा पुगेको सचिव पोखरेलको भनाइ छ ।

उनले अवैध भारतीय अन्डा आयातमा कमी र आन्तरिक खपतमा वृद्धिका कारण किसानले राहत महसुस गरेको बताए । भारतबाट आउने अन्डा आउन कम भएलगत्तै संघले मस्ल्य बृद्दि गरेको हो ।

जाडो महिनामा अन्डाको खपत बढ्ने भएकाले पनि बजारमा थप माग सिर्जना भएको उनले बताए । हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अन्डा उत्पादन हुने गरेको संघको अनुमान छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ०५ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात