काठमाडौं । पत्रकार दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान काठमाडौंको थापागाउँस्थित निवासमा उनी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
एसपी भट्टराईका अनुसार घटना बारे जानकारी आएपछि प्रहरी टोलीले स्थल मुचुल्का गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको छ ।
“उहाँ थापागाउँस्थित घरमै झुन्डिएको अवस्थामा भेटिनुभएको सूचना प्राप्त भएको थियो,” एसपी भट्टराईले भने, “अनुसन्धानका सबै प्रारम्भिक प्रक्रिया सकिएको छ र शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिँदैछ ।”
खनियाँ नयाँबानेश्वरस्थित चर्चित रेडियो स्टेशन ‘रेडियो अडियो’का सञ्चालक समेत थिए । पारिवारिक स्रोतका अनुसार उनको एक छोरी र श्रीमती रहेका छन् ।
घटनाको विस्तृत कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ ।


















प्रतिक्रिया