३० भदौ २०८३, मंगलबार | September 16, 2026

पत्रकार दीपेन्द्र खनियाँ थापागाउँस्थित निवासमा मृत फेला



काठमाडौं । पत्रकार दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान काठमाडौंको थापागाउँस्थित निवासमा उनी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

एसपी भट्टराईका अनुसार घटना बारे जानकारी आएपछि प्रहरी टोलीले स्थल मुचुल्का गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको छ ।

“उहाँ थापागाउँस्थित घरमै झुन्डिएको अवस्थामा भेटिनुभएको सूचना प्राप्त भएको थियो,” एसपी भट्टराईले भने, “अनुसन्धानका सबै प्रारम्भिक प्रक्रिया सकिएको छ र शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिँदैछ ।”

खनियाँ नयाँबानेश्वरस्थित चर्चित रेडियो स्टेशन ‘रेडियो अडियो’का सञ्चालक समेत थिए । पारिवारिक स्रोतका अनुसार उनको एक छोरी र श्रीमती रहेका छन् ।

घटनाको विस्तृत कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : १२ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज