११ माघ २०८२, आइतबार | January 25, 2026

एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन



काठमाडौं । नेकपा (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने बताए । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

त्यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै, मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा मङ्सिर १३ गते गर्नुपर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ ।

केही जिल्लामा प्रतिनिधिको उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकाले त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा रु एक हजारभन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेतालाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

यही मङ्सिर २७ देखि २९ गते काठमाडौंमा हुने पार्टीको ११औँ महाधिवेशनको मङ्सिर १३ गते देशैभरी र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ११ : ४६ बजे

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस-एमालेका उम्मेदवार विजयी

बुटवल । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका थापा तथा एमालेका पोर्तेल र मेचे विजयी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी