२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

ईश्वर पोखरेलद्वारा एमाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा



नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

मंगलबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा पोखरेलले राष्ट्र, जनता र पार्टीलाई सधैँ सर्वोच्च स्थानमा राखेको उल्लेख गर्दै जीवनका उतार–चढावमा इमान र निष्ठाबाट कहिल्यै विचलित नभएको जनाएका छन्। “शक्तिमा होइन, विधि, समन्वय, सामूहिकता र सहकार्यमा विश्वास राख्छु,” उनले भनेका छन्।

पार्टी पुनर्गठन र रूपान्तरणका लागि मुलुकभरका कार्यकर्ताबाट आएको आग्रह र सुझावलाई आधार मानेर आफू अध्यक्ष पदमा उम्मेदवार बन्ने निष्कर्षमा पुगेको पोखरेलले स्पष्ट पारेका छन्।

पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका थिए । तर आज उनले सो प्रक्रियालाई तत्कालका लागि स्थगित गर्दै विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता अध्यक्ष ओलीले सदस्यता समेत नविकरण नगरेपछि पोखरेल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्न अघि सरेका हुन् । पोखरेलले अध्यक्ष ओलीलाई निकास दिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : १६ बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका