८ माघ २०८२, बिहिबार | January 22, 2026

कार्यालयमा गैरहाजिर २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन



काठमाडौं । कार्यालयमा आफूखुसी गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । गैरहाजिरमध्ये प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना रहेका छन् ।

उल्लेखित सूचीमा दुई जना बाहेक सबैजना ‘जेनजी आन्दोलन’ पछि नै कार्यालयसँग कुनै सम्पर्कमा नरहेको प्रष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गैरहाजिर भएको मिति, नाम, ठेगाना लगायतका विवरणसहित सार्वजनिक सूचना जारी गर्दै कार्यालयले बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

गैरहाजिर हुने कारण भने खुलेको छैन । हाजिर हुँदा आफ्नो अनुपस्थितिको कारण सहित सन्तोषजनक स्पष्टीकरण पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

निर्देशन अवहेलना गरे कानुनी कारबाही गरिने चेतावनी प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचनामार्फत दिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : २१ बजे

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ