२८ माघ २०८२, बुधबार | February 11, 2026

राप्रपा बुटवल नगर अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल उपमहानगरपालिकाको नगर अधिवेशनबाट लक्ष्मण श्रेष्ठ “लक्की” सर्वसम्मतरूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । एकता, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकता दिएर अघि बढेको अधिवेशनले श्रेष्ठलाई नेतृत्वका लागि स्पष्ट समर्थन जनायो ।

बुधबार सम्पन्न अधिवेशन लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता राप्रपा बुटवल उपमहानगर अध्यक्ष निरज प्रताप खाणले गरेका थिए ।

अधिवेशनमा पार्टीको संगठन विस्तार, जनतामुखी कार्यक्रम सञ्चालन, वैकल्पिक राजनीतिको भूमिकालाई मजबुत बनाउने रणनीति तथा आगामी निर्वाचनका तयारीबारे विस्तृत छलफल गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विश्वास र समर्थनका लागि सबै तहका कार्यकर्ताप्रति आभार व्यक्त गर्दै जनताका मुद्दा, पारदर्शी राजनीतिक आचरण र संगठन विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ५ : ५७ बजे

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि

क्यानडाको स्कूलमा एक महिलाले चलाइन अन्धधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

पश्चिमी क्यानडाको एक हाई स्कूलमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना