२० मंसिर २०८२, शनिबार | December 6, 2025

२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख कृष्णबहादुर महरा



काठमाडौं । भेपमार्फत सुन तस्करी प्रकरणमा दोस्रोपटक पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले बिहीबार महरालाई धरौटीमा छाड्न आदेश दिएपछि उनले काठमाडौं जिल्ला अदालतमा रकम बुझाएका हुन् ।

धरौटी बुझाएपछि महरा अदालतको ३० नम्बर फाँटमा उपस्थित भई तारिख लिएर रिहा भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरा विरुद्धको आरोप, उनको उमेर तथा प्रस्तुत तथ्यहरूलाई आधार मानेर धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ६ : २२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय