काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण राजनीतिक छलफल भएको छ ।
छलफलमा सरकारतर्फबाट प्रधानमन्त्री कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए । एमालेतर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य महेश बर्तौला उपस्थित रहे ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका तयारी, राजनीतिक समन्वय तथा समग्र राजनीतिक अवस्थाबारे विस्तृत कुराकानी भएको थियो ।


















प्रतिक्रिया