काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेका कर्णालीका कप्तान सोमपाल कामीले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई फिल्डिङको लागि आमन्त्रण गरे ।
कर्णालीको यो चौथो खेल हो । यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गरेको कर्णाली सुदूरपश्चिम रोयल्ससँग ४५ रनले र चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो ।
यता विराटनगरको पाँचौँ खेल हो । विराटनगरले प्रतियोगिताको पहिलो तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । तर चौंथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रा रोकिएको थियो ।
यसअघि आजै भएको पहिलो खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ५३ रनको जित दर्ता गरेको थियो ।


















प्रतिक्रिया