८ माघ २०८२, बिहिबार | January 22, 2026

यूएईको ५४ औँ राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादव सहभागी



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (यूएई) को ५४ औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ काठमाडौंमा आयोजित विशेष समारोहमा सहभागी भए ।

नेपालका लागि यूएईका राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्योगपति, कामको सिलसिलामा यहाँ रहेका यूएईका नागरिकको उपस्थिति थियो ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अल शाम्सीले यूएई र नेपालबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र साझा हितमा आधारित रहेको तथा दुवै देश जलवायु परिवर्तन, विश्व शान्ति तथा आतङ्कवादविरुद्धको लडाइँमा एकै स्थानमा रहेका बताए ।

वि.सं. २०७२ को भूकम्प, कोभिड-१९ महामारीका साथै बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला नेपाललाई आफ्नो मुलुकले सहयोग गर्दै आएको उनले बताए ।

यूएईमा रहेका धेरै नेपालीले नेपालका साथै आफ्नो मुलुकको आर्थिक विकासमा योगदान गरेका चर्चा गर्दै राजदूत अल शाम्सीले नवीकरणीय ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार र मानव संशाधन विकासका क्षेत्रमा नेपाललाई मद्दत गर्दै आएको बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ५४ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको