काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार शेरचनलाई पक्राउ गरेको हो ।
यसअघि, कात्तिक २२ गते सीआईबीले प्रभु बैंकको अनामनगरस्थित केन्द्रीय कार्यालयमा छापा मारेर विभिन्न महत्वपूर्ण कागजातहरू संकलन गरेको थियो।
सीआईबीले कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरेको थियो। ९८ करोड रुपैयाँ ठगीसम्बन्धी मुद्दामा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले उनी विरुद्ध जाहेरी दिएकी थिइन्।


















प्रतिक्रिया