६ माघ २०८२, मंगलबार | January 20, 2026

बाँकेका स्थानीय तह विपद् व्यवस्थापन प्रतिकार्यमा समन्वय गर्न एकमत



नेपालगन्ज । बाँकेका स्थानीयतह विपद जोखिमका विरुद्ध सहकार्य र समन्वय गरेर जान तयार भएका छन् । जिल्लाका ८ वटा स्थानीय तहका जनप्रतिनिधि र प्रशासकिय अधिकृतहरुको अन्तर स्नानीय तह समन्वय बैठकमा सहभागी स्थानीय सरकारका प्रमुख र प्मुख प्रशासकिय अधिकृतहरुले विपदका विरुद्ध सहकार्य र समन्वय गरेर अगाडि बढ्न सहमति जनाएका हुन् ।

उनीहरुले आगजनी, सीतलहर, प्रकोपजन्य माहामारी, बाढी र डुबानका समस्यामा स्थानीयतहबीच एक अर्कामा समन्वय र सहकार्यले विपदमा परेका नागरिकलाई जोगाउन सकिने निश्कर्ष निकाले । बैठकले नेपालगन्ज बाँकेको मात्र नभएर आधा लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिमको पनि पायक पर्ने शहर भएको भन्दै सरकारले विपदका विरुद्धको प्रतिकार्यका लागि नेपालगन्जलाई एउटा केन्द्र बनाउनु सुझाव दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयका सचिव लोकबहादुर सुनारले प्रत्यक पालिकाले काँजी हाउस बनाउन आवश्यक रहेको बताए । उनले काँजी हाउसको अभावमा सडकमा छाडा चौपायाको विकराल अवस्था देखिएको बताए । सुनारले पालिकाले अहिले नै सडक सम्बन्धी नीति बनाउन आवश्यक भै सकेको औंल्याउँदै सडक संचालन कार्यबिधि नागरिकको लागि अत्यावश्यक बनेको बताए । पर्यटन प्रवद्र्धन मेला महोत्सवमा पनि अन्तर स्थानीय तहबीच समन्वय हुन सके स्थानीय तहको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाई छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नदीजन्य उत्खननले जनप्रतिनिधि र राष्ट्र सेवकलाई बदनाम बनाएको उल्लेख गर्दै स्थानीय तहमा नदीजन्य पदार्थको उत्खननमा मापदण्ड विपरीत कार्य नगर्न आग्रह गरे ।

बाँकेका सम्पूर्ण पालिकाहरुको तर्फबाट धारणा राख्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अधिक तापक्रमलाई नेपालगन्जले विपदकारूपमा लिएको जनाउँदै त्यसविरुद्ध उपमहानगरले नेपालमै पहिलो प्रतिकार्यको योजना बनाएको बताए । अधिक तापक्रमकाट नागरिकलाई जोगाउन नेपालगन्जको बसपार्कमा कुलिङ सेन्टर निर्माण गरिएको जानकारी दिँदै उनले त्यसलाई विस्तार गर्दै लगिने बताए ।

उनले नेपालगन्जलाई विपदको स्टेसन बनाउन सके लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिमका २४ जिल्लालाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

बाँकेमा विपद र स्थानीय समस्याको साझा धारणा बनाउन विगत १ वर्षदेखि अन्तर स्थानीय तह समन्वय बैठक हुँदै आएको छ । आलोपालो बैठकको आयोजना गर्ने गरिएको आजको बैठकको आयोजना जानकी गाउँपालिकाले गरेको हो । नेपालगन्ज उपमहानगरको विपद व्यवस्थापन शाखाको समन्वयमा जिल्लामा हुन सक्ने विपदका घटनाहरुबारे कार्यक्रममा प्रस्तुतिकरण गरिएको थियो भने आमन्त्रित गरिएका दाङका २ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले विपद बारे आफ्नो अनुभव सुनाएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : २९ बजे

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई

नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा

जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको