१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु



भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी सचेतना फैलाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो ।

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अभियान सुरु गरिएको पौवादुङमा गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमार्फत गाउँपालिकामा सचेतनाका कार्यक्रम सुरु भएको उनको भनाइ छ ।

विद्यालयस्तरमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले यहाँका सबै माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दइिन् । ‘हामीले माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर लैङ्गिक हिंसा तथा विद्युतीय अपराधबारे जानकारी दिइरहेका छौँ’, उपाध्यक्ष राईले भनिन्, ‘अभियानमार्फत कुनै पनि किसिमको हिंसालाई रोकथाम गर्ने र विद्यार्थीलाई सुरक्षित बनाउनेतर्फ सहयोग पुग्ने अपेक्षा राखिएको छ ।’

अभियानमार्फत विद्यार्थीलाई लैङ्गिक हिंसाका रूप र प्रभाव, विद्यालय तथा समुदायमा देखिने सुक्ष्म हिंसाका अवस्था, अनलाइन ठगी, ‘फेकआइडी’ र ‘ब्ल्याकमेलिङ’ लगायत विद्युतीय अपराधका जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानुनी व्यवस्थालगायत विषयमा जानकारी दिने काम भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए ।

स्थानीय सबै विद्यालयमा चरणबद्ध रूपमा अभियान सञ्चालन भइरहेकाले विद्यार्थीस्तरमै सचेतनाको दायरा बढ्ने र भविष्यमा हुने सम्भावित हिंसात्मक घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले विश्वास व्यक्त गरे ।

विद्यार्थीका माध्यमबाट सबै परिवारसम्म विभिन्न किसिमका हिंसासम्बन्धी सचेतना पुगोस् भन्ने लक्ष्यले अभियानका रूपमा कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ५० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा