१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पर्यटन प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपालका पर्यटन उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल वायु सेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार–प्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति जनाएपछि नेपालको पर्यटन कूटनीति नयाँ चरणमा प्रवेश गरेको बताइएको छ ।

समझदारीपत्र अनुसार बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलन, फ्याम ट्रिपलगायत सबै प्रमुख प्रबर्द्धनात्मक कार्यक्रमहरूमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’का रूपमा निःशुल्क सहभागिता प्रदान गर्नेछ । निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा १०० किलोसम्मका प्रवर्द्धन सामग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट उपलब्ध गराउने तथा रियायती टिकट सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ । दुवै संस्थाले अन्तर्राष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा सामूहिक रूपमा काम गर्नेछन् ।

नेपालका पर्यटकीय गन्तव्य तथा उत्पादको डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, संयुक्त होर्डिङ बोर्डलगायत सामग्री उत्पादनलाई पनि नयाँ रूपले एकीकृत गर्ने समझदारीपत्रमा उल्लेख छ ।

बोर्ड र नेपाल वायुसेवा निगम दुवैले आवश्यक परेको अवस्थामा संयुक्त ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता झल्किने सामग्री निर्माण गर्ने र विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रमहरूमा संयुक्त उपस्थिति जनाउने सहमति समेत गरेका छन् । नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा खेलकुदमा संलग्‍न व्यक्तिहरु तथा सेलिब्रिटी सहभागी हुने मेगा–इभेन्टमा पनि निगमले सहुलियत टिकट उपलब्ध गराउनेछ । यस सहकार्यका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन संरचना बढी गतिशील, समन्वित र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार पारेर कार्यक्रमहरूको प्रभावकारिता
मूल्यांकन गर्नेछन् ।

समझदारीपत्र हस्ताक्षरपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले सहकार्यलाई नेपालको अन्तर्राष्ट्रिय छवि तथा बजार पहुँच विस्तारका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या गरेका छन् । उनले भने, “नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति हो । दुवै संस्थाबीचको यो रणनीतिक साझेदारीले ‘नेपाली ब्रान्ड’ लाई विश्वभर उच्चतम प्रचार र प्रबर्द्धन गर्न टेवा पुग्‍नेछ । विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवर्द्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बन्छ।” उनले सहकार्यलाई दिगो पर्यटन विकासका लागि महत्वपूर्ण हुने बताउँदै थपे, “फ्याम ट्रिप, मेगा–इभेन्ट, डिजिटल क्याम्पेनदेखि अन्तर्राष्ट्रिय मेलासम्मका गतिविधिमा हुने संयुक्त प्रयासले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।”

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा