काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई नियन्त्रणमा लिएको छ।
उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिप्याड काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतको दाबी छ । दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको छ।
स्रोतका अनुसार उनीहरूविरुद्ध आजै मुद्दा दर्ता गर्ने अख्तियारको तयारी छ। उनीहरुमाथि भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको थियो।


















प्रतिक्रिया