१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण



काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव दीपक श्रेष्ठले बुधबार दिउँसो कोषको केन्द्रीय कार्यालयमा हाजिरी गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई सदस्य सचिवमा मनोनयन गरेपछि उनले आजदेखि जिम्मेवारी सम्हालेका हुन् ।

श्रेष्ठले केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरिसकेपछि २०६७ सालमा नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । संस्थानअन्तर्गत बनेपा र धरान शाखामा प्रमुखका रूपमा जिम्मेवारी सम्हालेपछि उनी २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहे ।

अख्तियारमा रहँदै उनले झन्डै आठ वर्षसम्म भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उत्कृष्ट कार्यसम्पादनका लागि खानेपानी संस्थान र अख्तियार दुवै संस्थाबाट उनले सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।

पछिल्लो समय उनले खानेपानी संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुखका रूपमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ३७ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ