९ माघ २०८२, शुक्रबार | January 23, 2026

अक्सफोर्डबाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई



बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दल (एनसिसी) मा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई गरेको छ । एनसिसीको ५१ औं डिभिजनका जुनियर क्याडेटहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

विदाई हुनु अघि ५१ औं डिभिजनका जुनियर क्याडेटहरूले अभिभावक तथा विद्यालय परिवारका बिचमा परेड तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरु विद्यालयमा सञ्चालन भएको ७९ दिने तालिमको समापन गरी हात्तीखोरमा आयोजना हुने २१ दिने तालिममा सहभागी हुन जान लागेका हुन ।

तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउंछन् । अक्सफोर्डबाट कक्षा ९ का विद्यार्थीहरु तालिममा सहभागि हुनेछन् ।

विद्यार्थीहरुलाई विदाई कार्यक्रममा एनसिसी प्रशिक्षक टोप जंग वली तथा हेमन्ती कठायतलाई विशेष सम्मान समेत गरिएको थियो । विद्यालयका प्राचार्य दिनेश भुसालले अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि हुने बताए ।

एनसिसीको उद्देश्य क्याडेटहरूलाई भविष्यमा सेना बनाउन नभई तिनीहरूलाई सक्षम, शारीरिक रूपमा बलियो, जिम्मेवार, सहानुभूतिपूर्ण नेतृत्व क्षमता भएका नागरिकका रूपमा रूपान्तरण गर्नु हो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ३९ बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा