१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

प्रधानमन्त्रीले बोलाइन् प्रमुख पाँच राजनीतिक दलसहितको सर्वपक्षीय बैठक



काठमाडौं । आगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न प्रमुख राजनीतिक दलसहित सर्वपक्षीय बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान गरिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार दिउँसो ४ बजे बस्ने गरि आह्वान भएको बैठकमा राजनीतिक दलहरुले उठाउँदै आएको निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयमा छलफल हुने बताइएको छ । निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । ।

प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुन र राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ । शुक्रबार पहिलोपटक सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  २ : २३ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ