८ चैत्र २०८२, आइतबार | March 22, 2026

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्



बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पछि पार्दै बुद्ध पब्लिककी विद्यार्थी अनुस्का भण्डारीले अन्तरविद्यालय वादविवादको उपाधि जितेकी हुन् ।

उनले उपाधिसँगै २० हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारिन् । ‘राष्ट्रिय राजनीतिमा युवाको सक्रियता पदीय महत्वाकांक्षा वा वर्तमान आवश्यकता’ विषयमा भएको प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल बुटवलकी जिविका बस्याल द्वितीय भइन् भने उनले नगद १५ हजार शिल्ड तथा प्रमाणपत्र हात परेको विद्यालयका सहप्राचार्य तथा कार्यक्रम संयोजक भिमसेन गौतमले बताए । उनका अनुसार प्रतियोगितामा छवी मिश्र तृतीय र स्वीकृति न्यौपानेले प्रोत्साहन पुरस्कार हात पारिन् । उनीहरुले जनही १० हजार, ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेको सहप्राचार्य गौतमले बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार वितरण गर्दै लुम्विनी प्रदेश परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारीले विद्यार्थीहरुलाई देश, समय, परिस्थीति काल अनुसारका ज्ञान र सीप सिकाउनु आवश्यक रहेको बताए । उनले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै ब्यवहारिक र बाहिरी ज्ञानमा पनि सक्रिय बनाएमा भविष्यमा काम लाग्ने शिक्षा पाउने र दिक्षित हुने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्याब्सन नेपालका उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका पुर्व अध्यक्ष दिनेश भुसाल, उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पुस्तक तथा स्टेशनरी ब्यवसायी संघका अध्यक्ष गोपाल बस्याल, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै प्रतियोगितामा सहभागिता जनाउनु नै विद्यार्थीको जित भएको भन्दै हौसला प्रदान गरे ।

विद्यालयका शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका सहप्राध्यापक युवराज गौतम, उपप्राध्यापक डा शंकरप्रसाद गैरे, हेमराज शर्माले निर्णायकको भुमिका निभाएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ३६ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा