६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

एघारौ जिल्ला स्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्टलाई



बुटवल । बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेष्ट ईगलिस बोर्डिङ माबिले चुमेको छ । बुधबार भएको फाईनलमा न्यू होराईजन ईगलिस बोर्डिङ माबिलाई ३-० को सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि चुमेको हो ।

उपाधिसंगै एभरेष्ट नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता न्यू होराईजन भने २० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुल तेस्रो हुदै नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । प्रतियोगितामा एभरेष्टकी मिना सुनार सर्वोत्कृष्ट खेलाडी, अर्जुन घिमिरे उत्कृष्ट कोच, न्यु होराईजनकी भारती बिक उत्कृष्ट सर्वर, एभरेष्टकी जानकी केसी उत्कृष्ट सेटर, ललिता बोहरा उत्कृष्ट ब्लकर, रुपा लम्साल उत्कृष्ट लिभेरो, कुवरकर्तीकी मनोरमा डंंगोरिया उत्कृष्ट उत्कृष्ट स्पाईकर, घोषित हुदै पुरस्कृत भए ।

एभरेष्ट खेलमैदानमा भएको खेलमा पहिलो सेट २५-१४, दोस्रो २५-१८, तेस्रो सेट २५-१२ को सेटमा जित निकाल्दै उपाधि चुमेको हो । प्रतियोगितामा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुल तेस्रो तथा कान्ति माबि सान्त्वना स्थान हासिल गरेको छ । कुवरवर्तीले कान्तिलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

एक कार्यक्रमको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, अभिभावक संघका रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका अध्यक्ष योग गुरुङ, कालिका मानव ज्ञान माबि ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, एभरेष्ट विद्यालय ब्यवस्थापन समितिका उपाध्यक्ष भिम बहादुर श्रेष्ठ, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले मानिसको सबैभन्दा ठुलो सम्पत्ति स्वस्थ्य भएको भन्दै स्वस्थ्य रहन खेलकुद जरुरी रहने बताईन । बुटवललाई खेल हब बनाउने गरि पालिका योजनाबद्घ रुपमा लागेको उनको दाबी छ ।

यसैगरि विद्यालयमा आयोजना गरिएको चौथो चित्रकला प्रतियोगितामा पामिर एकेडेमीका एलिस पाण्डे उत्कृष्ट चित्रकोर्दै एभरेष्ट आर्ट अफ दी इयर २०८२ बाट पुरस्कृत भए । उनले नगद १० हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत भए । यसैगरि सिद्धार्थ बोर्डिङ स्कुलकी सफलता पौडेल उपविजेता बन्दै नगद ६ हजार रुपैया, कप, प्रमाणपत्र, क्याननका आर्यन परियार तृतिय बन्दै ४ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भए ।

प्रतियोगितामा बेष्ट आर्ट कम्पोजिसनबाट न्यू होराईजनकी दिप्सा कर्माचार्य, मोष्ट रिलेभेन्ट थिमबाट देवदह बुद्ध पब्लिककी यान्सी खाती, मोष्ट क्रियटिभ आर्ट दीपकी प्रेष्टि पुन, बेष्ट फिनिसिङ आर्ट तिनाउकी प्रसिद्धी बस्नेत, पब्लिक च्वाईस गार्गीकी पाश्ना अधिकारी र रिकोग्नाईजिङ अवार्ड न्यू ईन्भाईरोमेन्टका रौनक खराल घोषित हुदै नगद, प्रमाणपत्रबाट पुरस्कृत भए । ४ वर्षदेखी चित्रकला प्रतियोगिता संचालन गर्दै आएको संयोजक प्रास्ना गौचनले बताईन । प्रतियोगितामा २२ वटा विद्यालय सहभागी भएका थिए ।

 

 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : ०७ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका