१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

विराटनगरले टस जितेर फिल्डिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

मंसिर २३ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ रोज्दै प्रतिद्वन्द्वी टोलीलाई ब्याटिङका लागि आमन्त्रण दिए ।

यसअघि लिग चरणमा आमनेसामने हुँदा विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा रोक लगाएको थियो । सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेट गुमाएर भेट्टाएको थियो, जसका कारण आजको महत्वपूर्ण खेलमा सुदूरपश्चिमलाई त्यस्तै आक्रमक प्रदर्शन दोहोरिन सक्ने भय छ ।

लिगमा सुदूरपश्चिम ७ खेलमध्ये ६ जितसहित १२ अंक बटुलेर अंकतालिकाको शीर्ष स्थानमा थियो । विराटनगर १० अंकसहित दोस्रो स्थानमा परेको थियो ।

कीर्तिपुरमा दिउँसो ४ बजेदेखि शुरु हुने पहिलो क्वालिफायरमा विजयी टोलीले सोझै फाइनल प्रवेश पक्का गर्नेछ । पराजित टोलीले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनलको सम्भावना जोगाउनुपर्नेछ ।

इलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्ने तालिका छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : ५२ बजे

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट