नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता सन्देश सभा हुने भएको छ । भोलि (बिहिबार) नेकपा बाँकेको आयोजनामा नेपालगञ्जको त्रिभुवन चोकमा एकता सन्देश सभा आयोजना गरिने सो पार्टीले जनाएको छ ।
सभालाई नेकपाका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरू शक्तिबहादुर बस्नेत , कर्णजित बुढा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका युवा नेता दीपक जिएमले वानकारी दिए ।
उनका अनुसार एकता सन्देश सभाको प्रचार प्रसारका लागी जिल्लाका ८१ वटै वडाहरूमा सयुक्त बैठक गरेर प्रचार प्रसारका काम तीब्र पारिएको छ । पालिका र वडास्तरमा सयुक्त बैठक बसेर प्रचार प्रसारको काम लाई तिव्रता दिइएको नेकपा बाँकेले जनाएको छ ।
कार्यक्रमलाई भव्य बनाउनका लागी बिभिन्न उपसमितिहरू गठन गरिएको नेकपाका नेता नरेन्द्र पाण्डे जेम्सले बताए । बाँके जिल्ला स्तरीय एकता सन्देश सभामा १० हजार भन्दाबढिको सहभागिता रहने नेताहरूले दाबी गरेका छन ।


















प्रतिक्रिया