१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस



नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहमहामन्त्री किशोरसिंह राठौर र पूर्वमन्त्री गजेन्द्र हमालसहित २२ जनाको नाम आज सिफारिस गरेको छ ।

तीन निर्वाचन क्षेत्र रहेको जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा प्रतिस्पर्धाका लागि कांगे्रसको क्षेत्रीय समितिले सो नाम सिफारिस गरेको हो । बाँके क्षेत्र नम्बर १ बाट नौ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री र कांग्रेस लुम्बिनी प्रदेश सल्लाहकार हुर्मत न्यौपाने, मीना सिग्देल, रामबहादुर मल्ल, ज्ञानु केसी, चुडामणि कँडेलको नाम सिफारिस गरिएको कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर २ बाट पनि छ जनाको नाम सिफारिस गरिएको छ । पूर्वजिल्ला सभापति तथा पूर्वमन्त्री गजेन्द्र हमाल, अघिल्लो निर्वाचनका उम्मेदवार सुदीप नरसिंह राना, निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य मो याकुव अन्सारी, जिल्ला सचिव सुधांशु कोइराला र क्षेत्रीय सभापति रमेश गुप्ता र लिलावती यादव नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ बाट सात जनाको नाम सिफारिस गरिएको छ । सहमहामन्त्रीदेखि महाधिवेशन प्रतिनिधिसम्मको सूची रहेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विजयी सहमहामन्त्री किशोरसिंह राठौर, निवर्तमान प्रतिनिधिसभा सदस्य आशा विक, महासमिति सदस्यहरू लक्ष्मीनारायण शाह, मेघराज वली, टेकबहादुर खड्का र देवराज खत्री तथा महाधिवेशन प्रतिनिधि कृष्ण विक रसाइलीको नाम सिफारिस गरिएको छ । यद्देपी क्षेत्र नम्बर ३ को सिफारिसले पूर्णता पाई नसकेको सभापति गौडेलले बताए । भोलि सम्ममा ३ नम्बरको प्रस्तावित उम्मेदवारको नाम टुँगो लाग्ने उनले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ९ : ५८ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा

गृहमन्त्री अर्यालको १९१ दिन : सफलतापूर्वक निर्वाचन, सुशासन र नीतिगत सुधार

काठमाडौं । जेनजी आन्दोलनपछि देश अन्योल, त्रास र अस्थिरताको अवस्थामा