२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो



खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन सकिने लक्ष्यका साथ बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना संचालनमा सरकारले चासो नदेखाउँदा करोडौं खर्च गरेर बनेका छापाखानाका भौतिक संरचनाहरुमा चोरहरुको रजाँई चलेको छ । छापाखानाका अधिकांस संरचनाहरु चोरहरुले उप्काएर सिध्याउन थालेका छन् ।

करोडौं राज्यको कोष खर्च भएको भौतिक संरचनाका झ्याल ढोका चोरहरुले उप्काएर लगेपछि भवनभित्रको प्रेस मसिनको सुरक्षा पनि धरापमा परेको छ । यसैपनि प्रेस संचालनमा नल्याईँदा छापाखानाका भौतिक सम्पत्ती खण्डहरमा परिणत हुन थालेका थिए, त्यसमा पछिल्ला दिनहरुमा हरेक दिन चोरहरुले भवनका सामान चोरी गरेर लैजान थालेपछि लाखौं मूल्यको प्रेसको सुरक्षा पनि जोखिममा परेको छ ।

चोरहरुले भवनका च्यानल गेट, झ्याल ढोका सबै उप्काएर लगिसकेका छन् भने प्रेस मसिनपनि उप्काउने प्रयास गरेको पाइएको छ । बिगत ३० वर्ष देखि भौतिक संचरचना बनाएर अलपत्र छाडीएको छापाखाना संचालनमा सरकारको चासो नपुग्दा राज्यको लगानी बालुवामा पानी बन्न पुगेको हो ।

२०६२ सालमा छापाखाना र गोदाम घर बनाएर झण्डै ३ दशक पुग्न लाग्दा सम्मपनि संचालन गर्ने तर्फ केन्द्रले चासो नदेखाउँदा जनक शिक्षाको करोडौंको लगानी खण्डहर जस्तै बनेको छ । साबिक मध्य र सुदूरपश्चिमका जिल्ला त्यसमा पनि अति दुर्गम मानिएको कर्णालीका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा बाँकेको खजुरामा पाठ्यपुस्तक छाप्ने भन्दै छापाखाना स्थापना गरेको थियो ।

भौतिक पूर्वाधार तयार भएर प्रेस समेत स्थापना भएरपनि छापाखाना संचालनमा नआउँदा भवन जिर्ण बन्नुका साथै मसिनरिहरुमा खिया लाग्न थालेको छ । खजुराको छापाखाना सञ्चालन गर्न नसक्दा जनक शिक्षाले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा पाठ्यपुस्तक पुर्‍याउँदा ठुलो ढुवानी खर्च ब्यहोर्दै आएको छ ।

स्थानीयबाट भवनका संरचनाहरु चोरी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय खजुराले केही शंकास्पद व्यक्तिहरुलाई पक्राउ पनि गरेको थियो । तर पक्राउ परेका व्यक्तिसंग कुनैपनि दसी प्रमाण फेला नपरेपछि यत्तिकै छाडिएको धनौली प्रहरी प्रमुख प्रहरी निरीक्षक नविन चापागाईले बताए । सामान चोरी भएको सूचना पाएइसँगै सो क्षेत्रमा निगरानी बढाइएको उनले बताए ।

करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले तत्कालीन समयमा एक करोड रुपैयाँको लागतमा छापाखाना भवन निर्माण गरेको थियो। त्यसपछि थप दुई करोड रुपैयाँको लागतमा थप दुईवटा गोदाम भवन निर्माण गरिएको छ । छापाखाना भवनभित्र करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ भने मेसिनमा खिया लाग्ने अवस्थामा पुगेको छ । छापाखाना भवनभित्र रहेको करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन अलपत्र परेको छ ।

छापाखाना सञ्चालन नहुनुपर्ने कुनै कारण नरहेको जनक शिक्षाको नेपालगन्ज केन्द्रका निमित्त प्रमुख मौसम रोकाले बताइन् । उनले विगतमा जनक शिक्षा केन्द्रले कार्यालय सहयोगी राखेर भवनको सुरक्षा गरिएपनि कोरोना कालमा आइशोलेसन बनाउने भन्दै कार्यालय सहयोगीलाई हटाइएपछि असुरक्षा बढेको बताइन् । त्यसयता प्रहरीहरुले क्वाटर बनाएकोमा प्रहरीलेपनि बस्न छाडेपछि भवनमा चोरी हुन थालेको उनको भनाई छ । चोरी भएको विषयमा आफुले प्रहरी र केन्द्रमा खबर गरेको जानकारी दिँदै उनले छिट्टै उचित प्रबन्ध हुने अपेक्षा गरिन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  २ : ३३ बजे

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल