२२ बैशाख २०८१, शनिबार | May 4, 2024

जनक शिक्षाको खजुरामा छापाखाना संचालन गर्न केन्द्र सम्बद्ध कर्मचारी संगठनहरुको चासो



खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन सकिने लक्ष्यका साथ बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना संचालनका लागि जनक शिक्षा सम्बद्ध ट्रेड युनियनका अगुवाहरुले चासो देखाएका छन् । बिगत २८ वर्ष देखि भौतिक संचरचना बनाएर अलपत्र छाडीएको खजुराको छापाखाना अवलोकन गर्न पुगेका जनक शिक्षाका ३ वटा कर्मचारी संगठनका अध्यक्षहरुले छापाखाना संचालनका लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

२०६२ सालमा छापाखाना र गोदाम घर बनाएर झण्डै ३ दशक पुग्न लाग्दा सम्मपनि संचालन गर्ने तर्फ केन्द्रले चासो नदेखाउँदा जनक शिक्षाको करोडौंको लगानी खण्डहर जस्तै बनेको छ । साबिक मध्य र सुदूरपश्चिमका जिल्ला त्यसमा पनि अति दुर्गम मानिएको कर्णालीका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा बाँकेको खजुरामा पाठ्यपुस्तक छाप्ने भन्दै छापाखाना स्थापना गरेको थियो । भौतिक निर्माणमा करोडौं खर्च गरेर पनि संचालनमा नआउँदा छापाखानाका भौतिक सम्पत्ती खण्डहरमा परिणत हुन थालेका छन् ।

भौतिक पूर्वाधार तयार भएर प्रेस समेत स्थापना भएरपनि छापाखाना संचालनमा नआउँदा भवन जिर्ण बन्नुका साथै मसिनरिहरुमा खिया लाग्न थालेको छ । खजुराको छापाखाना सञ्चालन गर्न नसक्दा जनक शिक्षाले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा पाठ्यपुस्तक पुर्‍याउँदा ठुलो ढुवानी खर्च ब्यहोर्दै आएको छ ।

छापाखाना भवनको अवलोकनमा पुगेका जनक शिक्षा कर्मचारी युनियनका अध्यक्ष जनकराज भारतीले छापाखाना संचालन गराउन कर्मचारीहरुको तर्फबाट पूर्ण सहयोग र सक्रियता रहने प्रतिबद्धता जनाए । केन्द्रको करोडौ लगानी भएको स्थानमा छापाखाना संचालन गर्न कर्मचारी संगठनहरु बाधक नरहेको स्पष्ट पार्दै भारतीले केन्द्रले खटाएको स्थानमा गएर काम गर्न कर्मचारीहरु तयार रहेको बताए ।

अवलोकनमा आएका जनक शिक्षा राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तायोनाथ खतिवडाले छपाई मसिन, बेन्डिङ मसिन र कटिङ मसिन जडान गरेर यथासिघ्र छापाखाना संचालनमा ल्याउन माग गरे । कर्मचारीको तर्फबाट बाँकेमा छापाखाना संचालनमा कुनै अवरोध नरहेको दाबी गर्दै उनले बिद्यालयहरुलाई असहज हुने स्थानको बितरण केन्द्रहरु घटाएर पायक पर्ने स्थानहरुबाट संचालन गर्नु पर्ने बताए ।

कर्मचारीहरुको अनिक्षाका कारण छापाखाना संचालन हुन नसकेको आरोप आइरहेका बेला ३ वटा कर्मचारी संगठनका नेतृत्व छापाखना कक्षमा पुगेर संचालनको पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जनक स्वतन्त्र कर्मचारी संघका अध्यक्ष रामचन्द्र थापाले जनक शिक्षाले सहसचिव स्तरमा बनेको अध्ययन समितिले समेत छापाखाना संचालनका लागि सिफारिस गरेको जानकारी दिँदै खजुराबाट छपाईको काम हुन सके केन्द्रको ठुलो धनराशी बचत हुने बताए ।

करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले तत्कालीन समयमा एक करोड रुपैयाँको लागतमा छापाखाना भवन निर्माण गरेको थियो। त्यसपछि थप दुई करोड रुपैयाँको लागतमा थप दुईवटा गोदाम भवन निर्माण गरिएको छ । छापाखाना भवनभित्र करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ भने मेसिनमा खिया लाग्ने अवस्थामा पुगेको बताइएको छ । छापाखाना भवनभित्र रहेको करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन अलपत्र परेको छ ।

छापाखाना सञ्चालन नहुनुपर्ने कुनै कारण नरहेको जनक शिक्षाको नेपालगन्ज केन्द्रका प्रमुख होमराज ढुंगेलले बताए । उनले सरकारबाट बजेट प्राप्त हुन सके आगामी शैक्षिकसत्रबाटै खजुराबाट पुस्तक छपाई र वितरण सम्भव भएको बताए ।

जनक शिक्षाले आफुसँग भएको र आफुले गर्न सक्ने लगानी खजुरामा गरिसकेको र अव छापाखाना संचालन गर्न सरकारले बजेट दिनु पर्ने जनक शिक्षा सामाग्री केन्द्र, सानो ठिमीमा सूचना अधिकारी रबिन्द्र शर्माको भनाई छ । सरकारले बजेट दिएमा तत्कालै छापाखाना संचालन गर्न सकिने अवस्थामा रहेको सूचना अधिकारी शर्माले दाबी गरे । पूर्णरुपमा छापाखाना चलाउन थप फोर–कलर मेसिन आवश्यक पर्ने उनको भनाई छ । फोर कलर मेसिन र पर्खाल निर्माणलगायत पूर्वाधार पूरा गर्न करिब १० करोड रुपैयाँ सरकारले दिए तुरुन्तै छापाखाना चलाउन सकिने शर्माले बताए।

केन्द्रका नेपालगन्ज प्रमुख ढुंगेलका अनुसार खजुरामा छापाखाना चलाउन सकिए लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका डिपोहरुलाई पाठ्यपुस्तक पठाउन कम ढुवानी खर्चमा समयमा पठाउन सकिने बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ४८ बजे

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि