काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदले चौथो पटक थप ४ जना मन्त्री पाउने भएको छ । प्रधानमन्त्री र्काीले आज मन्त्रिपरिषद् विस्तार गर्दै ४ मन्त्री थपेसँगै मन्त्रीमण्डलको संख्या १४ पुगेको छ ।
नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने तयारी गरिएको बताइएको छ ।
स्रोतहरुका अनुसार पर्यटन बोर्डकी पूर्व कर्मचारी श्रद्धा श्रेष्ठ, नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी राजेन्द्रसिंह भण्डारी, नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष माधव चौलागाईं र कुमार इङनाम आज विस्तार हुने मन्त्रिपरिषदमा थपिने छन् ।
श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतको दाबी छ ।


















प्रतिक्रिया