१८ चैत्र २०८२, बुधबार | April 1, 2026

अन्तरिम सरकारमा चार नयाँ मन्त्री थपिए, मन्त्रिपरिषद् अब १४ सदस्यीय



काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तार भएको छ । नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शुक्रबार शपथ लिएका मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईं, पूर्व डीआईजी राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् । इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, चौलागाईं वन तथा वातावरण मन्त्रालयको मन्त्री बनेका छन् ।

पूर्व डीआईजी भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा तोकिएको छ भने श्रद्धा श्रेष्ठले महिला तथा बालबालिका मन्त्रालयको नेतृत्व सम्हाल्नेछिन् । चारै मन्त्रीले शपथपछि शुक्रबार नै सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

चार मन्त्री थपिएसँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : ०० बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा