२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

सिद्धार्थ भोजनालय शुभारम्भ



बुटवल । दैनिक युवाहरुमा विदेश मोह देखिएको छ । यस्तो बेला रुपन्देहीमा एक युवा जोडीले भने यही होटलमा लगानी थप्दै सुविधासम्पन्न सेवातर्फ अघि बढेका छन ।

तिलोत्तमामा रहेको सिद्धार्थ रेष्टुरेन्ट एण्ड भोजनालयमा लगानी बढाएर ओमसतिया-१ मा युवा बुद्धिराज भट्टराई र प्रतिमा भट्टराईको दम्पतीले सेवा सुभारम्भ गरेका हुन ।

करीब ६० लाख लगानीमा नया ब्यवस्थापनसहित भोजनालय संचालनमा आएको हो । एक समारोहका बिच रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष माधव खनालले उद्घाटन गर्दै धेरै ब्यवसाय धराशाही भैरहेको बेला युवा दम्पतीबाट पर्यटन क्षेत्रमा लगानी गरेर अवसर सृजना गरेको बताए ।

कार्यक्रममा सल्लाहकार माधव प्रसाद नेपालले रेष्टुरेन्ट खोल्नेमात्र नभई उद्यमीहरु यसको अर्थमा पनि स्पष्ट हुनुपर्ने बताए । सेवा ब्यवसायमा पर्ने राम्रो खाना र नास्ता स्वादिलो बनाएर खुवाउने पेशालाई एकरुपता ल्याउन जरुरी रहेको उनले बताए । आतिथ्यता बुझाउने पेशा भएको हुदा पनि गुणस्तर बढाउने गरि सेवा दिन आग्रह गरे ।

विगत लामोसमयदेखी होटल पेशामै रहेका भट्टराई दम्पतीले लगानी थप गरि सुविधासम्पन्न संचालनमा ल्याएका हुन । भोजनालयमा हास र बोकाको विशेष परिकार पाईन्छ ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, सचिव तुल्सिराम पराजुलीले मौलिक खानाको परिकार पस्कन सुझाव दिए । तिलोत्तमानगरपालिका र ओमसतियाको सिमामा पर्ने सिक्सलेन सडकमा खोलिएको भोजनालयमा पाच वटा क्याबिनसहितको रुफ टप रेष्टुरेन्ट समेत रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : ४१ बजे

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा

काठमाडौँ । विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना

बुटवलको मिलनचोकमा खुल्यो ‘कृषि उद्योग मार्ट’, स्वदेशी कृषि सामग्री एकै ठाउँमा

बुटवल । कृषि औजार तथा विभिन्न कृषि सामग्री एकै ठाउँमा

फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ : नेतृ भुसाल

दमौली । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले

एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको