१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सिद्धार्थ भोजनालय शुभारम्भ



बुटवल । दैनिक युवाहरुमा विदेश मोह देखिएको छ । यस्तो बेला रुपन्देहीमा एक युवा जोडीले भने यही होटलमा लगानी थप्दै सुविधासम्पन्न सेवातर्फ अघि बढेका छन ।

तिलोत्तमामा रहेको सिद्धार्थ रेष्टुरेन्ट एण्ड भोजनालयमा लगानी बढाएर ओमसतिया-१ मा युवा बुद्धिराज भट्टराई र प्रतिमा भट्टराईको दम्पतीले सेवा सुभारम्भ गरेका हुन ।

करीब ६० लाख लगानीमा नया ब्यवस्थापनसहित भोजनालय संचालनमा आएको हो । एक समारोहका बिच रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष माधव खनालले उद्घाटन गर्दै धेरै ब्यवसाय धराशाही भैरहेको बेला युवा दम्पतीबाट पर्यटन क्षेत्रमा लगानी गरेर अवसर सृजना गरेको बताए ।

कार्यक्रममा सल्लाहकार माधव प्रसाद नेपालले रेष्टुरेन्ट खोल्नेमात्र नभई उद्यमीहरु यसको अर्थमा पनि स्पष्ट हुनुपर्ने बताए । सेवा ब्यवसायमा पर्ने राम्रो खाना र नास्ता स्वादिलो बनाएर खुवाउने पेशालाई एकरुपता ल्याउन जरुरी रहेको उनले बताए । आतिथ्यता बुझाउने पेशा भएको हुदा पनि गुणस्तर बढाउने गरि सेवा दिन आग्रह गरे ।

विगत लामोसमयदेखी होटल पेशामै रहेका भट्टराई दम्पतीले लगानी थप गरि सुविधासम्पन्न संचालनमा ल्याएका हुन । भोजनालयमा हास र बोकाको विशेष परिकार पाईन्छ ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, सचिव तुल्सिराम पराजुलीले मौलिक खानाको परिकार पस्कन सुझाव दिए । तिलोत्तमानगरपालिका र ओमसतियाको सिमामा पर्ने सिक्सलेन सडकमा खोलिएको भोजनालयमा पाच वटा क्याबिनसहितको रुफ टप रेष्टुरेन्ट समेत रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : ४१ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”