१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

बुटवलको मिलनचोकमा खुल्यो ‘कृषि उद्योग मार्ट’, स्वदेशी कृषि सामग्री एकै ठाउँमा



बुटवल । कृषि औजार तथा विभिन्न कृषि सामग्री एकै ठाउँमा उपलब्ध हुने गरी बुटवलमा ‘कृषि उद्योग मार्ट’ सञ्चालनमा आएको छ । नेपालमै उत्पादन भएका कृषि सामग्रीलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेशका कृषकलाई लक्षित गरेर मार्टको सेवा शुरू गरिएको हो ।

बुटवलको मिलनचोकमा स्थापना गरिएको उक्त मार्टबाट देशभरका १६ उद्योगले उत्पादन गरेका कृषि सामग्री उपलब्ध हुने जानकारी सञ्चालक तथा कम्पनीका अध्यक्ष खोजराज कटवालले दिए। उनका अनुसार मार्टमा बीउ-बिजन, विषादी, औजार-उपकरणसहित कृषकलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री उपलब्ध गराइनेछ । साथै प्राविधिकमार्फत सामग्रीको प्रयोगसम्बन्धी तालिम तथा ज्ञान पनि प्रदान गरिने उनले बताए । कृषकले उद्योगकै मूल्यमा सामग्री खरिद गर्न सक्ने सुविधा पनि राखिएको छ ।

मार्टका सञ्चालक डा. गणेश ऐरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘कृषि उद्योग मार्ट’ को अवधारणा अघि बढाइएको बताए । कोशी प्रदेशको इटहरीमा पहिलो शाखा स्थापना गरिसकेको मार्टले सबै प्रदेशमा सेवा विस्तार गर्ने योजना रहेको उनले स्पष्ट गरे ।

उद्घाटन समारोहमा नर्सरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल खरेल, उद्यमी समुन्द्र घिमिरे, प्रेङ्का शाही लगायतले स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोर दिएका थिए । सबै कृषि सामग्री एकै ठाउँमा उपलब्ध भएसँगै कृषकलाई सेवा लिन थप सहज हुने अपेक्षा व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : ०२ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”