काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असहमति जनाएका छन् । सचिवालय बैठकले एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र अध्यक्ष ओलीको सल्लाहमा प्रतिनिधि मनोनयनको सूची प्रकाशित गर्ने निर्णय गरेपनि अध्यक्षबाट एकल निर्णयबाट सूची सार्वजनिक गरेको भन्दै पोखरेलले असहमति जनाएका हुन् ।
शुक्रबार बसेको पार्टी सचिवालय बैठकले दुबैजनाको सल्लाहमा १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको थियो । शनिबार उद्घाटन सत्र सुरु हुनुअघि प्रकाशित नामावलीमा पोखरेलले आपत्ति जनाएका हुन् ।
नेताहरूका अनुसार, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैले छलफलपछिमात्रै प्रतिनिधि सार्वजनिक गर्ने सचिवालयले निर्णय गरेको बताइएको थियो ।


















प्रतिक्रिया