१८ चैत्र २०८२, बुधबार | April 2, 2026

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै



काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार उम्मेदवारी दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम तय गरिएको छ ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेका हुन् । तालिकाअनुसार सोमबार मतदाता नामावलीउपर दाबी-विरोध, दाबी-विरोधको सूचना प्रकाशन, त्यसको छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फाराम वितरण र दर्ता, प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, उजुरी दर्ता, उजुरीमाथि छानविन तथा निर्णय, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गरिनेछ ।

सोमबार बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । त्यसपछि दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ । प्रारम्भिक नामावलीप्रति उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ः०० बजेसम्म रहनेछ भने सबै प्रक्रिया पूरा गरी साँझ ६ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । विद्युतीय मेसिनमार्फत मतदान गरिनेछ भने मतदान सकिएपछि मतगणना, परिणाम घोषणा, निर्वाचितलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमसमेत सम्पन्न गरिनेछ ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमालेको ११ औँ महाधिवेशनको बन्दसत्र हाल काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ । महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : ०६ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”