काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिनेछ ।
केन्द्रीय कार्यसमितिको उक्त बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


















प्रतिक्रिया