२६ माघ २०८२, सोमबार | February 9, 2026

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो



काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो टिमको पदाधिकारी सूची करिब टुंग्याएका छन् । पोखरेल समूहले वैजनाथ चौधरी र पुरुषोत्तम पौडेललाई टिममा समेट्दै पदाधिकारी संरचना लगभग अन्तिम चरणमा पुर्‍याएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा पार्टीको निर्वाचन प्रक्रिया जारी रहँदा पोखरेल समूहबाट ईश्वर पोखरेल अध्यक्ष पदका उम्मेदवार बन्ने निश्चित भएको नेताहरूले बताएका छन् ।

पोखरेल समूहबाट उपाध्यक्ष पदका उम्मेदवारका रूपमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम तय गरिएको छ । उपाध्यक्षमा एक जनाको नाम भने अझै टुंग्याउन बाँकी रहेको पोखरेल निकट नेताहरूले जनाएका छन् ।

महासचिव पदका लागि सुरेन्द्र पाण्डेको नाम अन्तिम गरिएको छ । त्यस्तै, उपमहासचिव पदमा योगेश भट्टराई र वैजनाथ चौधरीको नाम तय भइसकेको छ भने यो पदका लागि एक जनाको नामबारे छलफल जारी रहेको बताइएको छ ।

सचिव पदका उम्मेदवारमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको नाम टुंग्याइएको पोखरेल समूहका नेताहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : १३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको