२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

फर्जी खेलाडी सहभागी गराएको भन्दै तीन विद्यालय कारबाहीमा



खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शिल्ड ज्ञानोदय नमुना माध्यमिक विद्यालयले उचालेको छ । ज्ञानोदयले मेयर रनिङ शिल्ड मावि तर्फमा ८ स्वर्ण ६ रजत, २ कास्य प्राप्त गर्दै शिल्ड उचाल्न सफल भएको हो ।

रनिङ शिल्डमा आधारभूत तह (६(८) ज्ञानोदय नमुना माविले ५ स्वर्ण १ रजत, १ कास्य प्राप्त गरेको थियो । मेयर रनिङ शिल्ड मावि तर्फ ७ स्वर्ण ३ रजत र ६ कास्य प्राप्त गर्दै जनता नमुना माध्यमिक विद्यालय दोस्रो भयो । जनता नमुनाले रनिङ शिल्ड आधारभूत तह (६(८) तर्फ २ स्वर्ण १ रजत प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्यो । यसैगरी आदर्श मावि डि गाउँ खजुराले मेयर रनिङ शिल्ड माविमा ४ स्वर्ण १ रजत १ कास्य प्राप्त गरी तेस्रो स्थान हासिल गरेको हो ।

रनिङ शिल्ड आधारभूत (६(८) तर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालय ५ स्वर्ण, १ रजत, १ कास्य सहित प्रथम, जनसेवा मावि पूरैना गिजरा २ स्वर्ण २ रजत, ३ कास्य सहित दोस्रो र जनता नमुना मावि सन्तकुटी २ स्वर्ण २ रजत ३ कास्य प्राप्त गरी तेस्रो भएको हो ।

रनिङ शिल्ड आधारभूत तह (१(५) तर्फ २ स्वर्ण १ रजत सहित गोल्डेन ग्यालेक्सी एकेडेमी प्रथम बनेको थियो । २ स्वर्ण १ कास्य सहित नेपाल राष्ट्रिय माध्यमिक मनकामनापुर दोस्रो र १ स्वर्ण ३ रजत १ कास्य प्राप्त गरी जनता मावि बठवा तेस्रो भएको छ ।

प्रतियोगितामा मावि स्तरीय अनुशासन तर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालयले पुरस्कार प्राप्त गरेको थियो । निमावि तहमा लिटिल हार्वर एकेडेमीले पुरस्कार प्राप्त गरे भने प्रावि तहमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदार पुरले हासिल गरे । रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहमा मार्चको पुरस्कार पनि प्रदान गरिएको थियो । माध्यमिक तह (९(१२) तर्फ जेनिथ ई मिडियम बोडिङ्ग स्कूल खजुरा प्रथम, अरुणोदय बोडिङ्ग हाई स्कूल दोस्रो र दीपक ई मिडियम स्कूल खजुरा तेस्रो हुन सफल भएको थियो ।

मार्चपास आधारभूत तह (६(८) तर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरी प्रथम, लिटिल हार्वर एकेडेमी दोस्रो र अपोष्टल एकेडेमी खजुरा तेस्रो भएको थियो ।

मार्चपास आधारभूत तह (१(५) मा स्टार मन्टेश्वरी एकेडेमी खजुरा प्रथम, अम्बेमाता प्रा.वि. बुद्धपुर दोस्रो र ने.रा.प्रा.वि. गुराँसपुर तेस्रो पुरस्कार प्राप्त गरेको छ ।

आठौँ रनिङ शिल्डमा एथलेटिक्स तर्फ सर्वोत्कृष्ट छात्रा ज्ञानोदय नमुना माविका आदिती गिरी भइन् । आदितिले ३ वटा गोल्ड जितेकी थिइन् । यस्तै छात्र तर्फ आदर्श मावि खजुराका धिराज दर्नाल ३ गोल्ड सहित सर्वोकृष्ट घोषित भए । कबड्डी छात्रा तर्फ ज्ञानोदय नमुना माविका सिम्रन सिंह ठकुरी , छात्र तर्फ जनता मावि बठवाका आंशिक नट, सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै भलिबल छात्रा छात्र तर्फ जनता नमुना मावि सन्तकुटीका वर्षा गिरी र सुनिल सुनार सर्वोत्कृष्ट घोषित भए । आठौँ अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगितामा भएको छात्रा तथा छात्र भलिबल खेलको उपाधि जनता नमुना मावि सन्तकुटीले हात पारेको हो । भलिबलमा छात्रातर्फ ज्ञानोदय नमुना मावि दोस्रो र दीपक मावि खजुरा तेस्रो भए । यस्तै छात्र भलिबलतर्फ जनता मावि सन्तकुटी प्रथम हुँदा अरुणोदय मावि दोस्रो र जेनिथ मावि तेस्रो भए ।

प्रतियोगितामा सम्पन्न छात्रा एथलेटिक्स तर्फ ज्ञानोदय नमुना मावि ६ स्वर्ण २ रजत १ कास्य सहित प्रथम भयो । दोस्रो हुने मनकामना मावि बलभद्रपुरले २ स्वर्ण ल्यायो । तेस्रो भएको जनसेवा मावि पुरैना गिजराले १ स्वर्ण ३ रजत २ कास्य ल्याएको थियो । छात्र एथलेटिक्स तर्फ जनता नमुना मावि सन्तकुटी ४ स्वर्ण १ रजत २ कास्य सहित प्रथम भयो । आदर्श मावि डि गाउँले ४ स्वर्ण १ रजत १ कास्य ल्याएर दोस्रो बन्यो । छात्र एथलेटिक्स तर्फ २ स्वर्ण १ रजत २ कास्य सहित अरुणोदय मावि तेस्रो बनेको थियो । छात्रा कबड्डी तर्फ ज्ञानोदय नमुना मावि प्रथम भयो । छात्रा कबड्डीमा जनसेवा मावि पुरैना गिजरा दोस्रो भयो भने जनता नमुना मावि सन्तकुटी र योगिनी मावि गौघाट तेस्रो भए । यस्तै छात्र कबड्डीतर्फ जनता मावि बठवा प्रथम भयो । दोस्रोमा जनता नमुना मावि सन्तकुटी, तेस्रो ने.रा.मा.वि गोदहाना र जेनिथ मावि खजुरा भयो ।

उपाधि जित्ने विद्यालयहरुलाई समापन कार्यक्रममा नगद पुरस्कार शिल्ड, मेडल, ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले रनिङ शिल्ड प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न मद्दत गरेको बताए । अध्यक्ष विकले जिल्ला स्तरीय रनिङ शिल्ड उपाधि जित्ने गरी तयारी गर्न खेलाडीहरूलाई आग्रह समेत गरे । कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई उनले धन्यबाद दिए ।

कार्यक्रममा खजुरा गाउँपालिकामा उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारी, वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर ओली, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाइटी खजुरा शाखा सभापति जीवनाथ सापकोटा, ज्ञानोदय नमुना माविका प्रधानाध्यापक ऋषिराम सापकोटा लगायतले बोलेका थिए ।

फर्जी खेलाडी सहभागी गराएको भन्दै तीन विद्यालय कारबाहीमा
खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा फर्जी खेलाडी सहभागी गराएको भन्दै तीन विद्यालयलाई जरिवाना सहित कारबाही गरिएको छ । रनिङ शिल्ड खेलकुद प्रतियोगिता कार्य सञ्चालन पुस्तिका २०८२ को बुदा नम्बर २२ मा उल्लेख भए बमोजिम २५ हजार रुपैयाँ जरिवना सहित तीन विद्यालयलाई कारबाही गरिएको हो । कारबाही पर्ने विद्यालयहरूमा मैटहवा मावि चन्द्रनगर, पशुपति मावि घिया र अरुणोदय मावि खजुरा रहेको
सचिवालय सदस्य सचिव निर्मल रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ९ : १७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको