२६ माघ २०८२, सोमबार | February 9, 2026

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा



नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय र नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जको त्रिभुवन चोकबाट प्रहरीले स्रोत नखुलेको रकम सहित नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सुनिलकुमार बानियाँलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बनियाँको साथबाट भारतीय रुपैयाँ ३ लाख ७२ हजार ७ सय र नेपाली रुपैयाँ १ लाख फेला पारेको रप्रहरी कार्यालय बाँकेले जनाएको छ। । प्रहरीका अनुसार बरामद रकममा भारतीय ५ सयका ६४५ थान, १ सयका ५०२ थान तथा नेपाली १ हजारका १ सय थान नोट रहेका छन् ।

त्रिभुवन चोकस्थित कुमार जनरल स्टोरका सञ्चालक समेत रहेका बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्दै आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद रकम र पक्राउ परेका बानियाँलाई आवश्यक अनुसन्धानका लागि आजै राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ९ : ५४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको