२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)



काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्यानल सहित प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका छन् भने वर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले पहिलो पटक अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले महाधिवेशनले गरेको २ कार्यकाल पछि उठन नपाउने व्यवस्था र ७० वर्षिय उमेर हदलाई उल्ट्याएर तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

अध्यक्षपछिको शक्ति केन्द्रकारुपमा हेरिएको महासचिव पदमा ओली र पोखरेल प्यानलबाट दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ। महासचिवका लागि ओली प्व्यानलबाट शंकर पोखरेल र पोखरेल प्यानलबाट सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।

विधान अनुसार ५ जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरूको उम्मेदवारी परेको छ। यस्तै ३ जना निर्वाचित हुने उपमहासचिव पदमा ६ जनाको उम्मेदवारी परेको छ।

९ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ, जहाँ २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन्।

पदाधिकारी बाहेक भूगोलतर्फ सातै प्रदेश र उपत्यका विशेष, तथा समावेशीतर्फ आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक र पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा ठूलो संख्यामा उम्मेदवारी परेको छ। त्यस्तै केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूमा पनि निर्वाचन हुने भएको छ।

निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी, छानबिन र नाम फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ३३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको