१ पुस २०८२, मंगलबार | December 16, 2025

पाँच फर्मलाई जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौंका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुमगनका क्रममा विभागले सुमेस ग्लास टे«डर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन टे«डर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही रु १० हजारका दरले जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ । विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रुपमा नै अनुमगन तथा निरीक्षण गर्दै आएको छ । बजारलाई स्वच्छ, मर्यादित बनाउन क्रियाशील रहेको जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज