१ पुस २०८२, मंगलबार | December 16, 2025

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ



काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदान समय मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।

महाधिवेशनमा कुल ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ भने थप १० वटा मेसिन ‘ब्याकअप’का रूपमा राखिने छन् । एक जना प्रतिनिधिले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा २ हजार २६३ जना प्रतिनिधि सहभागी छन् ।

एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि गत बिहीबार सम्झौता गरेको थियो । त्यसपछि शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विद्युतीय मेसिनमार्फत नमुना मतदान अभ्यास पनि गरिएको थियो ।

महाधिवेशनमा १९ पदाधिकारी पदका लागि कुल ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

आजको मतदानपछि मतगणना र परिणाम घोषणा गरिने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : ५४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज