२६ माघ २०८२, सोमबार | February 9, 2026

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने



काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया पटक पटक स्थगित गर्दै नयाँ समय तालिका सार्वजनिक गरिँदै आएको छ । दिउँसो १ बजेदेखि निर्वाचन हुने भनिएकोमा उम्मेदवारहरुको नाम इन्ट्रि गर्न समय चाहिने भन्दै साँझ ७ बजेका लागि सारिउको थियो । त्यसपछि प्राविधिक कारण भन्दै ८ बजेका लागि सारिएको निर्वाचन कार्यक्रम अन्ततः भोलि बिहान ८ बजे गर्ने गरि आजको मतदान प्रक्रिया स्थगित गरिएको छ ।

आज हुने भनिएको मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै चुनावमा ढिलाइ भएको थियो । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए ।

निर्वाचनको माहौल प्रतिकुल देखिएपछि महासचिव पोखरेलकै योजनामा समय पछि ढकेलिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए । ‘अहिले कै माहौल कायम रहे बिहान ८ बजेपनि मतदान सुरुहुनेमा शंका छ ।’ उनले भने ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : ०० बजे

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको