काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया पटक पटक स्थगित गर्दै नयाँ समय तालिका सार्वजनिक गरिँदै आएको छ । दिउँसो १ बजेदेखि निर्वाचन हुने भनिएकोमा उम्मेदवारहरुको नाम इन्ट्रि गर्न समय चाहिने भन्दै साँझ ७ बजेका लागि सारिउको थियो । त्यसपछि प्राविधिक कारण भन्दै ८ बजेका लागि सारिएको निर्वाचन कार्यक्रम अन्ततः भोलि बिहान ८ बजे गर्ने गरि आजको मतदान प्रक्रिया स्थगित गरिएको छ ।
आज हुने भनिएको मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै चुनावमा ढिलाइ भएको थियो । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए ।
निर्वाचनको माहौल प्रतिकुल देखिएपछि महासचिव पोखरेलकै योजनामा समय पछि ढकेलिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए । ‘अहिले कै माहौल कायम रहे बिहान ८ बजेपनि मतदान सुरुहुनेमा शंका छ ।’ उनले भने ।


















प्रतिक्रिया