२० माघ २०८२, मंगलबार | February 3, 2026

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम



नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु गरिएको छ । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहअन्तर्गत आज यहाँ आयोजना गरेको ‘पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ कार्यक्रममा बोर्डका निर्देशक विनोद पौडेलले यहाँका लगानीकर्ताका लागि शेयर साक्षरता सुरु गरिएको जानकारी दिए ।

पुँजीबजार प्राथमिक बजारसँगै दोस्रो बजारसमेत भएको औँल्याउँदै उनले बोर्डले लगानीकर्ताका हितको पैरवी गरिरहेको उल्लेख गरे । “सबै लगानीकर्ताको उद्देश्य पुँजीबजारको दोस्रो बजारबाट अधिक मुनाफा गर्ने हुन्छ, त्यसका लागि धैर्यता र संयमता अपनाउनुपर्छ । हामीले गर्नुपर्ने कार्यका लागि सहजीकरण गर्न तयार छौँ”, निर्देशक पौडेलले भने ।

उनले पुँजीबजारको ऐन, नियमअनुसार नियमन पनि भइरहेको जानकारी दिए । पुँजीबजारमा लगानीसँगै जोखिम पनि जोडिएर आउने कुरामा सचेत रहन आग्रह गर्दै पौडेलले बोर्डले लगानीपछि आउने प्रतिफलको ग्यारेन्टी धितोपत्र बोर्डले गर्न नसक्ने स्पष्ट पारे ।

शेयर बजारका लगानीकर्ता झवीन्द्रप्रसाद मरासिनीले कतिपय कम्पनीले समयमा लाभांश नदिएर ठगी गरेको आरोप लगाउँदै बोर्डले यसमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले पुँजीबजारका विषयमा अफवाह फैलाउनेलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै बोर्डलाई गलत कार्यविरुद्ध खरो रूपमा प्रस्तुत हुन आग्रह गरे ।

लगानीकर्ता विकास भट्टराईले नियामक निकाय सक्रिय नहुँदा शेयर बजारका लगानीकर्ता जोखिममा परेको भन्दै ‘इन्साइडर टे«डिङ’ का विषयमा पनि बोर्ड गम्भीर नभएको आरोप लगाए ।

उद्योग वाणिज्य सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा भएको कार्यक्रममा इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जका प्रमुख उदय अधिकारी, लगानीकर्ता जीवनारायण बेल्वासे, सङ्घका महासचिव अर्जुन रानाभाटलगायतले पुँजीबजारलाई व्यवस्थित बनाउन सबैको साझा प्रयत्न हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमअन्तर्गत बोर्डले बाँके र बर्दियामा शेयर साक्षरताको कार्यक्रम गरेको छभने बुधबार महेन्द्र बहुमुखी क्याम्पसमा कार्यक्रम आयोजना हुनेछ । तीन वटा ब्रोकर कार्यालय रहेको नेपालगन्जमा करिब २० हजार लगानीकर्ताले कारोबार गरिरहेको इम्पेरियल सेक्युरिटीज प्रालि, नेपालगन्जका प्रमुख अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : ५९ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली