२६ माघ २०८२, सोमबार | February 9, 2026

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु



काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ ।

गत शनिबार उद्घाटन भएको महाधिवेशनमा यसअघि सोमबार नै मतदान गरिने कार्यतालिका रहे पनि प्राविधिक कारणले प्रक्रिया अघि बढ्न नसकेपछि मतदान स्थगित गरिएको थियो । सोही कारण आजका लागि पुनः मतदानको मिति तय गरिएको हो ।

महाधिवेशनमा देशभरबाट सहभागी २ हजार २६२ प्रतिनिधिले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दैछन् । केन्द्रीय कमिटीका लागि ११ जना केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । दुवै पक्षबीचको प्रतिस्पर्धाले नयाँ नेतृत्व चयन प्रक्रिया चासोको केन्द्र बनेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : ०० बजे

काठमाडौं-५ बाट ७० भन्दा बढी व्यक्ति नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज विभिन्न पेशा व्यवसायका

सोसल मिडियाको स्टन्टले देश बन्दैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।