काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा ४ बजे सम्ममा ६५० मत खसेको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्यको ६ घण्टामा ६५० जना मतदाताले मतदान गरेका हुन् ।
एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधि (मतदाता) रहेका छन्। एकजना मतदातालाई मतदान गर्न सरदर ३० मिनेट लागेको बताइएको छ । ८० वटा मेसिनमा मतदान भइरहेको छ।
दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले बताए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग अलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।


















प्रतिक्रिया